अपडेट 
२०७७ बैशाख २१, आईतवार १३:०८

वीरगञ्ज ।कोरोना भाइरसको संक्रमण परीक्षणमा चरम लापर्वाही हुन थालेकोछ ।निगेटिव भएर घर फर्केकाको रिर्पोट पोजेटिव आएको भन्दै हप्तापछि आइसोलेशनमा राख्न थालिएकोछ ।

गत आइतवार बीरगञ्ज स्थित नारायणी अस्पतालबाट कोरोना भाइरसलाई जितेर फुलमाला लगाई घर फर्केका रौतहट ईशनाथ नगरपालिकाका युवकको रिर्पोट पोजेटिव रहेको भन्दै शनिवार साँझ आइसोलेशनमा भर्ना गरिएकोछ ।


बीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ छपकैयामा रहेका तीन जना भारतीय जमातीसँगै इशनाथ नगरपालिकाका युवकको पनि चौथो टेस्ट निगेटिव भएको जनाउँदै अस्पतालले बिदा गरेको थियो ।घरमा अचानक एम्बुलेन्स सहित सुरक्षाकर्मी पुगेपछि उनी अवाक्क भएका थिए ।रिर्पोट पोजेटिव देखिएको नभनेर उनलाई लगिएको परिवारजनले जनाएका छन् ।


हप्तादिन अघि अस्पतालबाट छुट्टी भएर घर फर्केका युवक परिवारमा बस्दै आएका थिए ।नारायणी अस्पतालको आइसोलेशनमा राखिएका युवकको रिर्पोट गल्तीले निगेटिव भएको बताइएकोछ ।उनको दुईवटा रिर्पोट निगेटिव आएको तर पछिल्लो दुईवटा पोजेटिव आएको स्रोतहरुले बताए ।युवकको रिर्पोट पोजेटिव रहेपनि राष्ट्र्यि प्रयोगशाला टेकुले अर्काको निगेटिव रिर्पोटलाई युवकको रिर्पोट भन्दै पठाइदिएको बताइएकोछ ।


युवकलाई शनिवार साँझ नारायणी अस्पतालको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोलीले लगेको रौतहट जिल्लाका प्रहरी प्रमुख रवीराज खड्काले बताए ।खड्काका अनुसार युवक घर आएदेखि नै होम क्वारेन्टाइनमा बसेकाले अन्य मानिसहरुसित सम्पर्क भएको छैन् ।तर स्वस्थ्य भइसकेका मानिससित घरका सदस्यहरु नजिक गएको हुन सक्ने भएकाले कम्तिमा त्यो परिवारका मानिसहरुको स्वाब परीक्षण गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।


ईशनाथका युवक घर फर्किएकै दिन रौतहटको चन्द्रनगर क्वारेन्टाइनबाट घर फर्किसकेका युवकको पुनःपरीक्षणको रिर्पोट पोजेटिव आएपछि नारायणी अस्पतालमा लगिएको थियो ।उनी ११ दिन घर बसेर आइसोलेशनमा भर्ना भएका थिए ।त्यस अघि उनको रिर्पोट निगेटिव आएको थियो ।यस सम्बन्धमा टेकु प्रयोगशालाकी निर्देशिका डा.रुना झासित पटक पटक सम्पर्क गर्ने प्रयासगर्दापनि सम्पर्क हुन सकेन् ।


एकजना संक्रमितबाट द्रुतगतिमा नै कयौं मानिसमा सर्न सक्ने कोरोना भाइरसको संक्रमण परीक्षणमा चरम लापर्वाही हुन थालेकोछ ।सर्लाही जिल्लाका एकजना किसोरको पनि पीसीआर रिर्पोट निगेटिव आएको र पुनःजाँचमा पोजेटिव देखिएको थियो ।

नारायणी अस्पतालमा अहिले कोरोना संक्रमित ९ जनाको उपचार भइरहेकोछ ।त्यस मध्ये तीन जना रौतहट जिल्लाको, दुई जना बारा जिल्लाको र एकजना सर्लाही जिल्लाका छन् ।तर अस्पतालले रौतहट इशनाथको युवक फेरी अस्पताल भर्ना भएको बताएको छैन् ।उनलाई पुरानै रोगीको सुचीमा रहेको देखाइएकोछ ।


प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको पोर्टेवल मेसिनमा निगेटिव भेटिएका तीन जनाको रिर्पोट काठमाण्डुस्थित राष्ट्र्यि प्रयोगशालाबाट पोजेटिव आएको थियो ।तर गत हप्ता निगेटिव भनिसकेको रिर्पोटलाई फेरी पोजेटिव भएको जनाउ दिएकोछ ।टेकु अस्पतालमापनि लापर्वाही देखिएकोछ ।नेपालमा संक्रमण बढने जोखिम अझै विद्यमान रहेकाले राष्ट्र्यि प्रयोगशालामा भइरहेको लापर्वाहीले त्यसलाई झन जोखिमपूर्ण बनाउनेछ ।


प्रदेश २ लाई संघीय सरकार र संघीय प्रयोगशालालेपनि विभेद गरेकोछ ।आवश्यकता अनुसारको पीसीआर मेसिन उपलब्ध गराइएको छैन् ।राष्ट्र्यि जनस्वस्थ्य प्रयोगशाला टेकुको रिर्पोटपनि गडबड आउन थालेपछि आमनागरिकको कोरोना जाँचप्रति सर्वसधारणको विश्वास उठन सक्छ ।

Comment


Related News

Latest News

Trending News