धनुषा– १ को निर्वाचन सम्बन्धी विवादको छिनोफानो शुक्रबार हुने भएको छ ।
निर्वाचन आयोगले धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई निर्वाचित भएको मान्यता दिएसंगै आयोगले आफ् नो वेबसाइट विवरण बुधबार नै अपडेट गरेको थियो । तर एक दिन नबित्दै धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमललाई कालोसूचीमा नराख्न भन्दै सर्वोच्च अदालतले कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी नै खारेज गरेको छ । साहले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको छ भने कारणदेखाउ आदेश जारी गरेको छ ।
आफ्नो नाम गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै साह सर्वोच्च अदालत पुगेका थिए । इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचनको दुई दिनअघि मात्रै आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनले सर्वोच्चमा दिएको रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ ।
साह कालोसूचीमा रहेको प्रमाण भेटिएको भन्दै आयोगले फागुन १८ गते उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध साह सर्वोच्च अदालत पुगेका थिए । आयोगले मतगणनामा घण्टीमै सर्वाधिक भोट आएको र साह अदालत पुगेको अवस्थालाई मध्यनजर गर्दै फागुन २४ गते अदालतको आदेश नहुँदासम्म मतपरिणाम सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
यसैबीच साहको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरी शुक्रबार पेशीको समय दिएपछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ । यद्यपि, आयोगले सो क्षेत्रको मतपरिणाम आफ्नो सर्भरमा उल्लेख बुधबार बेलुकी नै आयोगले विवरण अपडेट गरेको थियो ।
विवरणअनुसार यादवको मत दश हजार ४३० रहेको छ भने नेपाली कांग्रेसका रामपलटन साहले नौ हजार ९०२ र एमालेका रामचन्द्र मण्डले नौ हजार ३१५ मत प्राप्त गरेका छन् । यता, साहको रिट उपर सर्वोच्च अदालतमा शुक्रबार पेशी हुने भएको छ ।



