समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै तयार गरिएको प्रस्तावित समानुपातिक सूचीमा मधेशी समुदायबाट एमालेले तीन जनाको नाम सिफारिस गरेको छ ।
आइतवार बुझाइने समानुपातिक लिस्टमा एमालेले मधेशी कोटाबाट दुई महिला र एक पुरुषको नाम समावेश एमालेले गरेको हो । सिफारिस सूचीअनुसार मधेशी महिलातर्फ रिंगला यादव र यशोधा कुमारी लाई प्रस्ताव गरिएको छ ।
त्यस्तै पुरुषतर्फ चन्द्रेश्वर मण्डल को नाम सिफारिस गरिएको छ । समावेशी आधारमा तयार गरिएको उक्त प्रस्तावित सूचीमा विभिन्न समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ ।
मधेशी समुदायबाट महिला सहभागिता सुनिश्चित गर्न दुई महिलालाई स्थान दिइएको छ भने एक पुरुष प्रतिनिधि पनि समावेश गरिएको छ । यस प्रस्तावमा आदिवासी जनजाति, खास आर्य, दलित, थारू, मुस्लिम लगायत विभिन्न समुदायबाट पनि प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।
प्रस्तावअनुसार एमालेले कुल १६ सिट पाएको छ । जसमा महिला १० र पुरुष ६ जना रहेको छ । यस्तै आदिवासी जनजाति क्लस्टरबाट भूमिका सव्वा र गंगादेवी श्रेष्ठ महिला तथा रामबहादुर थापा मगर र कुलमन्त शाक्य पुरुषतर्फ सहित ४ जना रहेका छन् भने खास आर्य क्लस्टरबाट ४ जनाको नाम प्रस्ताव गरिएको छ ।
यसमा पद्मा अर्याल र दुकाश्रा हमाल महिला तथा गुरु प्रसाद बराल र पुष्पराज कंडेल पुरुष रहेका छन् । पिछडिएको क्षेत्रबाट एषुदा कुमारी बराल को नाम समावेश गरिएको छ भने थारु क्लस्टरबाट कुपराम राना को नाम सिफारिस गरिएको छ । दलित क्लस्टरबाट विष्णुमाया वि.क. र निता ध्वानी रहेका छन् । त्यसैगरी मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकी को नाम सिफारिस गरिएको छ ।



