२०८२ चैत्र १, आईतवार १२:३०

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन पछाडि मात्रै नयाँ सरकार गठन हुने बताएका छन्।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । उनले नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने छलफल आन्तरिक रुपमा मात्रै भइरहेको बताए ।

झाले विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाउनुपर्ने कुरा स्वीकार गर्दै समानुपातिकको बन्दसूची बुझाइसकेपछि प्रक्रियाहरू अगाडि बढ्ने उल्लेख गरे ।

झाले यो या त्यो व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गर्दै बन्दसूचीको नामावली बुझाइसके पछाडि यी छलफलहरू औपचारिक रूपमा पार्टीमा आउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ ।

Comment


Related News

Latest News

Trending News