२०८२ चैत्र १, आईतवार १३:३०
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।
आज बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने बताए ।
झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए ।



