व्यवस्थापन कमजोरी र लापरवाहीका कारण लामो समयदेखि आलोचनामा रहेको नेपाल रेलवेको कम्पनी लिमिटेड मा अर्को बेथिती बाहिरिएको छ ।
महिनौँदेखि नेतृत्व अभाव र कार्यालय व्यवस्थापन अस्तव्यस्त भइरहेका बेला अवकाश प्राप्त कर्मचारीहरूले पाउनुपर्ने सेवा सुविधा समेत हालसम्म नपाएको तथ्य सार्वजनिक भएको हो । रेलवेमा विभिन्न तहमा कार्यरत रहेका ८ जना कर्मचारीले दुई वर्षअघि नै अवकाश पाए पनि उनीहरूले अवकाशपछि पाउने उपदान, संचित बिदा रकम, उपचार खर्च र बिमा सुविधा जस्ता भुक्तानी अझै प्राप्त गर्न सकेका छैनन् ।
सेवा सुविधा नपाउनेहरूमा रामआशिष भगत, हेमबहादुर कटुवाल, गंगाराम मण्डल, सुरज मण्डल, सैलुन कवारी, रफिद कवारी, नन्दकिशोर राय र तुलाबहादुर डाँगी रहेका छन् । उनीहरू श्रेणीविहीनदेखि पाँचौँ तहसम्मका कर्मचारी थिए । सबैभन्दा दुःखद पक्ष भनेको, अवकाश पाएर उपदानको प्रतीक्षा गरिरहेका रामआशिष रायको सेवा सुविधा नपाउँदै मृत्यु भइसकेको छ ।
उनी २०७९ फागुन ११ गते अवकाश भएका थिए। लामो समयसम्म रकम नपाएपछि कार्यालय धाउँदै–धाउँदै बिताएका रायको करिब एक वर्षअघि निधन भएको बताइएको छ । पीडित कर्मचारीहरूका अनुसार, उनीहरूले पाउनुपर्ने उपदान तथा अन्य सेवा सुविधाको कुल रकम करिब ३ करोड १८ लाख ७७ हजार ३५४ रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा यस शीर्षकमा २ करोड ५७ लाख ९७ हजार रुपैया बजेट समेत छुट्याइएको भए पनि रकम वितरण प्रक्रिया अघि बढ्न सकेको छैन । टिप्पणी तथा आदेशमा हाल विनियोजित रकम दामासाहीको हिसाबले वितरण गर्ने र बांकी रहेका रहेका रकमका लागि संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
सो टिप्पणी तथा आदेशको आधारमा रेलवे बोर्डका निमित्त प्रबन्ध सञ्चालक हरिकुमार पोखरेलले भुक्तानी प्रक्रिया अगाडि बढाउन लेखापाल पवन नायकलाई पटक–पटक लिखित निर्देशन दिए पनि प्रक्रिया अझै अगाडि बढाएको छैन । पीडितहरू भन्छन् ‘कार्यालयका लेखापाल पवन नायकले विभिन्न कारण देखाउँदै प्रक्रिया आलटाल गर्दै आएको छ ।’
यस विषयमा प्रतिक्रिया दिँदै लेखापाल नायकसँग जिज्ञासा राख्दा शुरुमा यो कुरा मसँग कार्यालय प्रमुखसँग सोध्नुस भनी पन्छिन खोज । पछि प्रबन्ध सञ्चालकले पटक पटक तपाईको नाममा पत्राचार गरेकै हो भने को कुन प्रमुख सँग सोध्ने भनी प्रश्न गर्दा उनले स्टोर क्लियरेन्स नभएकाले प्रक्रिया रोकिएको बताए ।
उता कार्यालय हेर्दै आएका केवल नेपालीले भने केही प्राविधिक कारण ढिलाइ भएको हो, बांकी के कसरी छ भन्ने कुरा लेखापाल नायकसँग सोध्नुस भनी पन्छिएका छन् । उनीहरुको प्रतिक्रियामा पिडीतहरुले आफूहरु सबै बरबुझारथ गरिसकेपछि टिप्पणी तथा आदेश उठेको हो । प्रबन्ध सञ्चालकले पत्राचार पनि गरेको हो, स्टोर क्लियरेन्स नगरेको भनी पन्छिन मिल्दैन ।
अवकाश पाएर जीवनको उत्तरार्धमा आर्थिक सहाराको अपेक्षा गरेका कर्मचारीहरू भने अहिले पनि आफ्नो हकको रकमको प्रतीक्षामा छन् । रेलवेको व्यवस्थापन कमजोरीका कारण कर्मचारीले पाउनुपर्ने आधारभूत सेवा सुविधा समेत समयमा नपाउनु संस्थागत भ्रष्टाचारको उदाहरणको रुप रहेको पिडीतहरु भन्छन् ।
एक कर्मचारीले भने इन्धन खरीद, गाडी क्लिनिङ्ग, फर्जी कर्मचारीको नाममा तलब निकासा लगायतका बेथिती थेग्न नसकेर डाँगी सरले जागिर अवधि छदैँ राजीनामा दिनु भएको थियो । उनले भने सबै काम केवल र पवन सरले गरिथ्यो, भैपरि आइसकेपछि सारा दोष डाँगी सर माथि लगाउने गरेको कारण उहाँले राजीनामा दिन बाध्य भएका थिए ।


