२०८२ चैत्र ५, बिहीबार १६:५७

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ ।

संघीय संसद सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसंग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो । दलहरुसंग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसंग शपथ ग्रहण गर्ने उहाले बताउनुभयो । राष्ट्रपतिसंग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिनुभयो । त्यस्तै नवनिर्वाचित सदस्यहरुको अभिमूखीकरणका लागि समेटनुपर्ने बिषयमा पनि दलहरुसंग राय लिइएको उहाले बताउनुभयो ।

खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरु आएको प्रवक्ता गिरीले उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताउनुभयो ।

छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरुलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसावले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News