प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिकाको निगौलस्थित गाई गौशालाको अनुगमन गर्दै गाईलाई संरक्षण गर्न निर्देशन दिएका छन् ।
निगौल गाई गौशालाको अवस्था दयनीय हुँदै गएको बारे पटक पटक गुनासो आउन थालेपछि प्रधानमन्त्री कार्कीले चासोका साथ गौशालाको अनुगमन गर्न निगौल पुगेका थिए । गाईको संरक्षणप्रति चासो देखाउंदै उनले गाईलाई शोषण होइन, पूजा गर्नुस निर्देशन दिए ।
गौशाला–३ निगौलको नवराजपुर टोलमा रहेको उक्त गाई गौशालाको अवलोकन गर्दै प्रधानमन्त्री कार्कीले निरीक्षण गर्दै जीवजन्तुप्रति मानवताको जिम्मेवारी स्मरण गराउंदै भने, ‘हामीलाई कुनैपनि जीवको शोषण गर्नु हसदैन, श्वास हुने जुनसुकै जीवको रक्षा गर्नु हाम्रो कर्तव्य हो। गाईलाई जोगाएर रोजगारीसँग जोड्न सकिन्छ, यसले अवसर पनि सिर्जना गर्छ ।’ धार्मिक तथा सांस्कृतिक सन्दर्भ उल्लेख गर्दै उनले भनिन् ‘हिन्दु परम्परामा हामी मुसोदेखि उल्लुसम्म सबै जीवजन्तुको पुजापाठ गर्छु । गाई त झन ‘आमा’ सरह हुन तिनको दूध हामी आफ्नालाई खुवाउंछौ, त्यसैले शोषण होइन संरक्षण गर्नुस, काम गर्ने तपाईहरू नै हो हामी हेरदिने र सहयोग गर दिने मात्रै हो ।’ प्रधानमन्त्री कार्कीले गाईगौशालालाई उत्पादन र रोजगार ीसँग जोडिएको उद्योगका रूपमा विकास गर्न निर्देशन दिँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रमोद महतोलाई स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।
निरीक्षणको क्रममा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुख रेणु महतोको पनि उपस्थिति रहेको थियो । यसअघि प्रधानमन्त्री कार्की निगौल जानुअघि जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ समेत गरेकी थिइन । अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक प्रधानमन्त्री कार्की श्रीमानसंगै जानकी मन्दिर पुगेर पूजापाठका लागि आएकी थिइन ।
सेनाको हेलिकप्टरबाट जनकपुरधाम आएकी प्रधानमन्त्री कार्की विमान स्थलबाट सीधा जानकी मन्दिर पूजापाठका लागि पुगेकी थिइन । पूजापाठ पश्चात संचारकर्मीलाई प्रतिक्रिया दिदै भनिन् जनकपुरधाम भ्रमण एकदमै राम्रो लाग्यो, आफू राजनीति गर्ने मान्छे होइन धार्मिक प्रयोजनकालागि मात्रै जनकपुरधाम आएको ।



