२०८२ चैत्र ८, आईतवार ०७:४०

अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर  भएसँगै आजदेखि मौसममा सुधार आएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने छैन ।

तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने, फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहनेछ । अब ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनुभयो ।

आज देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

Comment


Related News

Latest News

Trending News