अपडेट 
२०७७ बैशाख २२, सोमबार ११:५०

सिकेन्द्र पासवान,कलैया । दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योग संचालक र कर्मचारीलाई आइतबार जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको छ ।

प्रहरीले दालको कालोबजारी गरेको आरोपमा पक्राउ परेका महाबीर ओभरसिज प्रा.लि.का संचालक मुक्ती अग्रवाललाई आइतबार २१ लाख ६५ हजार धरौटी लिएर रिहा गरेको छ । उनी शनिबार वीरगन्जको लाठगल्लीस्थित घरबाट पक्राउ परेका थिए ।

उनका कर्मचारी सन्तोष कुमार झालाई १ लाख पचास हजार धरौटीमा रिहा गरिएको हो । कृष्ण दाल उद्योगका संचालक पवन कुमार साहलाई १९ लाख ७० हजार धरौटीमा रिहा गरिएको छ भने उनका कर्मचारी सुरेशलाई एक लाख ५० हजार धरौटी लिएर रिहा गरेको हो ।नारायणी मोरंग अटोका संचालक मोहन लाल अग्रवाललाई १८ लाख ५० हजार र उनका कर्मचारी सुनिल शर्मालाई १ लाख ५० हजार धरौटी लिएर बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले रिहा गरेका हुन् ।

प्रहरी खोजी सूचीमा रहेका महावीर दाल उद्योगका संचालक भिखमचन्द अग्रवाल फेला नपरेपछि उनका छोरा मुक्ति अग्रवाललाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सन्चालक, प्रतिनिधि सुनिल शर्मा र बारा छातापिपरा ९ मा रहेको श्री कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह र उनका प्रतिनिधि सुरेश प्रसादलाई प्रहरीले पक्राउ गरेको थियो ।

दाल उत्पादन हुने उद्योगले नै कालोबजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र वीरगन्जस्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले परवानीपुरमा रहेको महावीर दाल उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उद्योग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उद्योगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उद्योगका संचालक अग्रवाललाई प्रहरीले खोजी गरेको थियो । ५८ रुपैया खरिद मूल्य रहेको दालको बिक्री मूल्य ९८ रुपैया कामय गरिएको छ । तर उद्योगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको सूचना पाएपछि स्थानीय प्रशासन कालोबजारी गर्ने विरुद्ध सक्रियता देखाएको हो । मुक्ती अग्रवाल र पवन साह नेपालकै सबभन्दा ठूला मरिच, छोकडा र केराउ तस्कर रहेका छन् ।

पाकिस्तान र अन्य तेश्रो मुलुकबाट नेपालको लागि छोकडा, मरिच र केराउ आयात गरेर स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा भारतमा तस्करी गर्दै आएको श्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News