२०८२ चैत्र १४, शनिबार १४:५१

नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।

पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

त्यस्तै शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौं भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई रिहाईको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरु पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका थिए । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।

Comment


Related News

Latest News

Trending News