२०८२ चैत्र १५, आईतवार १०:३८
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ ।
खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो ।


