२०८२ चैत्र १७, मंगलवार १७:३६

रौतहट जिल्ला अदालतका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले अदालतका डिट्ठा लभकुमार सिंहलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी आयोगमा परेपछि विशेष निगरानी गरिएको थियो। त्यसै क्रममा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा रहेको टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Comment


Related News

Latest News

Trending News