२०८२ चैत्र १८, बुधबार ०७:०५
नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।
यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ । परिमार्जित मूल्य अनुसार काठमाण्डौमा प्रतिलिकिलोटर ९६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार ७८५ अमेरिकी डलर पुगेको छ ।
अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने यथावत राखिएको निगमले जनाएको छ ।



