राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जनताको हितमा समर्पित हुन वर्तमान सरकारलाई आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले पीडादायी घटनाका बाबजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित हुन आग्रह गर्नुभएको हो ।
उहाले जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित, कानुनसम्मत तथा प्रजातान्त्रिक मूल्य–मान्यतामा अडिएको शासन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाले अहिलेको सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाले वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।बाइट……
सांसद शाहीले दलभन्दा देश ठुलो भएकाले सवै दलहरुले दलगत स्वार्थ त्यागेर सुशासन, विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि एकढिक्का हुनुपर्ने समेत बताउनुभयो ।
वर्तमान सरकारले प्रदेश संरचनाको खारेज गर्नेगरि संविधान संशोधन गर्ने उहाको विश्वास छ । त्यसैगरि उहाले राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्थाको पुनस्र्थापनाबारे गम्भीर विमर्श आवश्यक रहेको समेत बताउनुभयो ।



