२०८२ चैत्र २१, शनिबार ०७:२९

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सडक तथा सडक पेटी अतिक्रमण गरी सञ्चालन भइरहेका व्यापार– व्यवसायप्रति कडा कदम चाल्दै अतिक्रमण खाली गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक स्थान अवरुद्ध हुने गरी राखिएका सम्पूर्ण सामग्री २४ घण्टाभित्र हटाउन अल्टिमेटम दिएको हो ।

सडक र पैदलमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या आउनुका साथै सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको गुनासो बढ्दै गएको छ । त्यसलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको उपमहानगरले जनाएको छ ।

सूचनामा तोकिएको समयसीमाभित्र सडक पेटीमा राखिएका पसल, ठेला, निर्माण सामग्री तथा अन्य अवरोधक वस्तुहरू नहटाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने उल्लेख छ । उपमहानगरले नगरवासी तथा व्यवसायीहरूलाई नियमको पालना गर्न आग्रह गर्दै सहयोग गर्न अपिल समेत गरेको छ ।

यसअघि पनि पटक पटक अतिक्रमण हटाउने अभियान सञ्चालन गरिए पनि पुनः सडकमा सामग्री राख्ने प्रवृत्ति कायम रहेकाले यसपटक कडाइका साथ कार्यान्वयन गरिने उपमहानगरले चेतावनी दिएको छ ।

एकातर्फ उपमहानगरपालिकाको समन्वयमा प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो आफै अतिक्रमण खाली गराई रहेका छ भने अर्कोतर्फ ठूलाबडालाई प्रोत्साहन दिने गरिएको पाइएको छ ।

शुक्रवार मिल्स एरियाको अतिक्रमण खाली गराउने क्रममा फुटपाथमा पसलको बोर्ड, छजी लगायतका कुनै कुरा भए मन्त्री महतो आफै कुदेर तोडाउन लगाएका थिए । तर त्यही रामस्वप रामसागर साहको नाममा रहेको धर्मसंस्था अधिनका रहेका जग्गामा बनाइएको सटरहरुको छजी फुटपाथ भन्दा पनि अगाडि सडकमा रहेपनि तोडेनन् ।

सस्तो लोकप्रियता कमाउने मन्त्री महतोको यो कार्यको सामाजिक सञ्जालमा चर्को भइरहेको छ । सानालाई ऐन र ठूलालाई चैन भन्ने कार्य यहाँ मन्त्रीको देखिएको भनी आलोचना भइरहेको छ । गरीबको छाना उजाडने मन्त्रीलाई धर्मसंस्थाले ठड्याएको भवनको छजी हटाउने लियाकत पुगेन कि भन्ने आलोचना समेत भइरहेको छ ।

Comment


Related News