२०८२ चैत्र २१, शनिबार ०९:१०

श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार खडा गर्ने भएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख पदका लागि पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन्।

‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदै छ’, अध्यक्ष साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी महिला उम्मेदवार खडा गर्दै छौँ। हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई? ७ भोट आउँछ कि १८९?’

सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन्।

अब उपसभामुख पदका लागि भने यही चैत २२ गते निर्वाचन हुँदै छ।

संविधानअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने प्रावधान छ। उपसभामुख पदमा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले दाबी गरिरहेका छन्। तर रास्वपाका सभापति रवि लामिछानेले उपसभामुख पद कसलाई दिने भन्ने विषयमा छलफल जारी रहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News