२०८२ चैत्र २२, आईतवार १३:१४
शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।
उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट पक्राउ गरिएको हो । शुलभलाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा लिएको हो । उनलाई अहिले विभागमै उपस्थित गराइएको छ।
शंकर र शुलभ दुवैजना व्यवसायी दीवक भट्टसँगको सम्पर्कका कारण तानिएका हुन् । भट्ट यसअघि नै पक्राउ परिसकेका छन् । उनीमाथि विभिन्न अभियोगमा छानबिन अघि बढाइएको छ।



