प्रतिनिधि सभाको चुनावमा लज्जास्पद पराजय भोगेको जनता समाजवादी पार्टी-जसपा) नेपाललाई त्यो पीडा सेलाउन नपाउँदै अर्को ठूलो धक्का लागेको छ ।
पार्टीका महासचिव रामकुमार शर्माले आइतवार पदबाट राजिनामा दिएका छन् ।चुनावमा पार्टीको स्थिति शून्यमा झरेकोमा उनी त्यसको नैतिक जिम्मेवारी लिदै राजिनामा गरेको उनले बताएका छन् । मधेश केन्द्रित दलहरुलाई एकजुट गर्ने वातावरण बनाउन उनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजिनामा दिएर युवालाई नेतृत्व हस्तांतरणगर्न आग्रह समेत गरेका छन् ।
जसपा नेपालको अध्यक्षमा यादव र संरक्षकमा महन्थ ठाकुर रहेका छन् ।‘मधेश केन्द्रित सबै राजनीतिक दलको स्थिति चुनावमा शून्यमा झरेको छ ’ उनले भने, त्यसकारण सबै दलका अध्यक्षहरुले राजिनामा दिएर युवाहरुलाई जिम्मेवारी दिनुपर्छ । युवाहरुले दलको नेतृत् वगर्ने जिम्मेवारी पाए मधेशी दलहरुबीच एकिकरण गर्न सहज हुने उनले बताए ।‘अध्यक्ष रहेकाहरुले पार्टीमा संरक्षक, सम्मानित नेताको भूमिकामा रहनु पर्छ’ उनले भने, मधेशमा दलहरु एकिकृत हुनेमा पाका उमेर भएका अध्यक्षहरु नै बाधक छन् ।
केहि दिनदेखि मधेशमा रहेका दलहरुलाई एकिकृत गर्ने विषयमा सबै दलका दोस्रो पुस्ताका नेताहरुले छलफल चलाइरहेका छन् ।तर त्यसमा अध्यक्षहरुले चासो देखाएका छैनन् । दलहरुलाई एकीकरण गर्न सहज वातावरण बनाउनपनि पदबाट राजिनामा गरेको उनले बताए ।


