२०८२ चैत्र २३, सोमबार ०५:४७

तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष एवं सांसद महन्थ ठाकुर राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको अध्यक्षमा मनोयन भएको छ ।

ठाकुरसँगै सो समितिमा रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना र वासुदेव घिमिरे सदस्य चयन भएको छ । आइतवार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिहरूमा सदस्यहरूको गरेको मनोनयन तथा हेरफेरको क्रममा विकास, आर्थिक मामिला तथा सुशासन समितिका पदाधिकारी मनोयन सँगै विभिन्न चारवटा समितिका सदस्यहरु मनोयन गरेको हो ।

राष्ट्रिय सभाको बसेको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम सांसद महन्थ ठाकुर राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको अध्यक्षमा मनोयन गरेका हुन् । त्यसैगरी, विधायन व्यवस्थापन समितिमा पूर्वमन्त्री रामकुमारी झाँक्रीसहित प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई मनोनयन गरिएको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्ण सदस्य तोकिएका छन् । संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवान मनोनयनमा परेका छन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १२ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।

Comment


Related News

Latest News

Trending News