अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०८:२८

जनकपुरधाम । धनुषामा सालीसँग विवाह गर्नका निम्ति एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । हत्या भएको तीन दिनपछि यस्तो भेद खुलेको छ ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ बर्षीय हरी चौहानले आफ्नै पत्नी बिणा चौहान लामाको हत्या गरेका हुन् । हत्या गरेर शव गाडेको अवस्थामा प्रहरीले शव उत्खनन् गर्दै उनलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीका अनुसार चौहानले श्रीमति बिणालाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लग्दै हत्या गरेका हुन् ।

गत बैशाख १८ गते नै हरीले बिणाको सलले घाँटी थिची हत्या गरेको र हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेको कार्कीले बताए ।

बिणा हराएको भन्दै उनका पिताले हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरीलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाई छ ।‘हरीको बयानका आधारमा हामीले आईतबार राति नै शव उत्खनन् गरेका छौं’ उनले भने ।

उनको बयानका आधारमा शव उखालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको र हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

हरीले ५ बर्षअघि बीणासँग प्रेम विवाह गरेका थिए । यी दुबैको १ छोरा र १ छोरी समेत छन् । तर यो बीचमा हरी बिणाकी कान्छी बहिनी गंगासँग पनि प्रेम शुरु गरेका थिए । बिणालाई साइड गरेर उनी बिणाकी बहिनीसँग पनि विवाह गर्न लागेका थिए ।

बिणाकी बहिनीले दिदी घरमा रहेसम्म विवाह गर्न नसक्ने बताएपछि उनीसँग विवाह गर्न बिणाको हत्या गरेको हरिले स्वीकारेका छन् ।

Comment


Related News

Latest News

Trending News