२०८२ चैत्र २५, बुधबार १४:४३

राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार संघीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरुले शपथ लिएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

यसअघि मंगलबार बसेको सम्बन्धीत समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा सभापति चयन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News