२०८२ चैत्र २५, बुधबार १४:५८

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए।

विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ। मालवाहक तराई  १५.७५  प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ।

Comment

Related News

Latest News

Trending News