२०८२ चैत्र २६, बिहीबार ०६:५५

चाँदनी झा |

सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित देवनगरकी २६ वर्षीया सोहानी यादव १२ वर्षकै हुँदा उनकी आमाको मृत्यू भयो । छोरीको मृत्यू भएपछि जेठी नातीनी सोहानीलाई पालनपोषणका लागि उनको हजुर बुबा रामअवतार यादव आफ्नै घरमा ल्याँइन् । सोहानी मामाको घर बस्न थालिन् । त्यहीँको स्थानीय स्कूलमा भर्ना भइन् । तर सोहानी मामा घर बस्न थालेको एक वर्षमै उनकी हजुरबुबा र हजुरआमाकी मृत्यू भयो ।

आमा गुमाएपछि सोहानीको सहरा बनेको हजुरबुबा र हजुरआमाको मृत्यू भएपछि पुनः बेसहरा बनिन् । मामा र माइजुले अर्काको छोरी पढाउन सकिँदैन् । बिहेमा दाइजो दिन्न सकिँदैन भन्दै भाञ्जी सोहानीलाई आफ्नै बुबाको घर पठाइन् । सोहानी बुबासँग बस्न पुनः आफ्नै घर पुगिन् । तर जाडरक्सीको लतमा फसेका बुवा रामकिशोर यादवले छोराछोरीलाई वास्त गर्नै छाड्यो ।

दाजुले भतिजाभतिजीलाई दुःख दिन थालेपछि सोहानीको काका राजकिशोरले उनीहरुलाई आफ्नो घर ल्याए । सोहानी भाईबहिनीसँग काकाको घरमा बस्न थालिन् । सोहानीको उमेर १६ वर्ष पुगेपछि काका राजकिशोरले उनको विहेको कुरा गर्न थाले । विहेमा लाग्ने खर्च जुटाउन दाजुको हिस्सामा रहेको खेत बेच्ने योजना बनाए । तर सोहानीकी बुबा रामकिशोरले खेत छोराका लागि रहेको भन्दै बेच्न नदिने अडान लिए । काका रामकिशोरले दाइजो नलिने केटा खोज्न थाले ।

त्यसपछि एक छिमेकीले सोहनीको काकाले खोजेकै जस्तै बिना खर्चकै बिहे गर्न तयार रहेको केटा खोजिए दिए । तर त्यो केटाको पहिले नै बिहे भएको र एउटी छोरी पनि रहेको ती छिमेकीले सोहानीकी काका रामकिशोरलाई सुनाए । काका रामकिशोरले घरमा सरसल्लाह गरे । केटा विवाहित भए पनि धनसम्पति भएको कारण घरमा सबै सहमत भए । तर त्यो कुरा सुहानीलाई जानकारी दिएनन् ।

विवाहको समय तय गरेर सोहानीलाई जनकपुर घुम्न जाउँ भन्दै घरबाट जनकपुरको विवाह मण्डपमा लगेर विहे गराइ दिए । विवाहपछि सोहानी श्रीमान्सँगै उनको घर सिरहाकै बरियारपट्टी गाउँपालिका–४ स्थित तेनुवापट्टी पुगिन् । ससुरामा एक महिना बसेपछि सोहानीलाई थाहा भयो । श्रीमान् विवाहित रहेछ । र एउटा छोरी पनि रहेको छ ।

आफूलाई काकाले विवाहित पुरुषसँग विवाह गराएदिएको थाहा पाएपछि घरम झैझगडा हुन थाले । तर पछि सोहानीले आफ्नो भाग्यमा नै विवाहित पुरुष रहेको भन्दै चित्त बुझाउन थालिन् । विवाहको ६ महिनापछि सोहानीकी श्रीमान् बैदेशिक रोजगारमा हिडे । घरमा सासु ससुराले सोहानीलाई दुःख दिन थाले । तर पनि सोहानी पीडा सहेर पनि ससुरामै बसे ।

विहेको १५ महिनापछि सोहानी छोरा जन्माइन । छोरा दुई वर्षको भएपछि श्रीमान् घर फर्के । श्रीमान् घर आएपछि सोहानीले नागरिकता बनाइदिन भने । तर सासू सस्ुराले नागरिकता बनाइ दिए अंश लिन्छ भनेर नागरिकता बनाउन अनाकानी गर्न थाले । सोहानी घरको काम भन्दा शीप सिकेर बाहिर केही गर्न चाहन्थे । त्यसका लागि उनले श्रीमान्लाई नागरिकता बनाइदिन भन्न थालिन् ।

तर श्रीमानले नागरिकता बनाउन चाहेन् । उनीहरुबीच नागरिकताको विषयमा झैँझगडा सुरु भयो । नागरिकताका लागि घरमा जति भने पनि बनाउने तयार नभएपछि सोहनी प्रहरीमा पुगिन् । कति चोटी प्रहरीमा छलफल गरे । तर पनि उनको श्रीमान्ले नागरिकता बनाउने सहमत भएन । त्यसपछि सोहानीले नागरिकता नबनाइदिने घरमा नबस्ने मनस्थित बनाइन् । र उनी छारालाई छाडेर प्रहरीमा पुगिन् । प्रहरीले मुक्ति नेपाल भनिने संस्थामा खबर गरेर ती संस्थाको जिम्मा लगादिए ।

सोहानी मुक्ति नेपाल सिरहामा सिलाई कटाइको तालिम लिन थलिन् । त्यहाँ ६ महिनाको तालिम सकेपछि ती संस्थाले सोहानीलाई सिन्धुलीमा पठाइ दिए । त्यहाँ पनि उनी ६ महिना बसिन् । सिन्धुलीबाट पुनः सिरहा फर्किन । तर मुक्ति नेपालले अब यहाँ बस्न नमिल्ने भन्दै परिवारको जिम्मा लगाउन खाजे । तर परिवारमा उनको जिम्मा लिने कोही तयार भएन । मुक्ति नेपाल नै महिला पुनस्र्थापना केन्द्र -ओरेक) को जिम्मामा सोहानीलाई जनकपुरधाम पठादिए । सोहानी त्यहाँ ६ महिना बसे ।

त्यसपछि उनलाई थप तालिमका लागि चितवन पठाए । चितवनमा पनि उनी ६ महिना सिलाई कटाइको तालिम गरिन् । र पुनः जनकपुरधाम फर्किन् । सिलाई कटाइको तालिम पूरा गरेपछि उनलाई कामका लागि -ओरेक) ले काठमाण्डु पठाइ दियो । त्यहाँ उनी केही महिना काम पनि गरिन् । तर नागरिकताको नभएको कारण उनलाई तलब लिन कठिनाई भयो ।

त्यहाँ तलब खातामा मात्रै दिने रहेछ । तलबका उनलाई आफ्नै खाता चाहिन्थ्यो वा जुन संस्थाले पठाइएको त्यही खातामा पैसा पठाउन मिल्ने भनियो । सोहानीलाई त्यहाँ तलब हात पार्ने कठिनाइ भयो । त्यसपछि उनी पुनः जनकपुर फर्किन । केही संस्थाहरुले दिएको सिलाई कटाइको सामग्री लिएर धनुषाको हंसपुर नगरपालिका–९ बालगंगा चोकमा एउटा कोठा भाडामा लिएर आफ्नै पसल खोलेर बसेका छिन् ।

करिब एक महिना अघि मात्रै श्रीमान् माथि अंश मुद्दा सिरहा जिल्ला अदालतमा दिएकी छिन् । धनुषाको औरही गाउँपालिका–६ स्थित चक्करकी २२ वर्षीया सबिना खातुनको १६ वर्षकै उमेरमा विवाह भयो । आमाबुबाको सहमतीमै धनुषाकै सबैला नगरपालिका–१० स्थित खरयानीका जियाबुल अन्सारीसँग विवाह भयो ।

परिवारिक सहमतीमै विहे भएकाले सविनाको परिवारले विहेमा चार लाख नगर र सुनचान्दी दाइजो पनि दियो । विहे गरेर सविना ससुरा पुगिन् । एक महिनामै उनी श्रीमान्को जाडरक्सी खादौं रहेछ थाहा पाइन् । तर उनी जाड रक्सी समान्य रहेको भन्दै त्यति वास्ता गरेन् । तर जब श्रीमान् जियाबुल छेउमै बसेर अर्कै महिलासँग फोनमा -मेसेज) गरिरहेको हेरेपछि उनीहरुबीच विवाद हुन् थाल्यो । सविनाले श्रीमान् जियाबुले अर्कै महिलासँग प्रेम सम्बन्धमा रहेको सासूलाई भनेपछि सासूले उल्टै सविनालाई गाली गरे ।

केटा मान्छे हो दिनभर जहाँ रहेपनि राती तँ सँगै हुन्छ भन्दै सविनालाई सम्झाउन थाले । एकदिन गाउँमा मेला लागेको थियो । त्यो राती श्रीमान् जियाबुल रक्सी खाएर आए र सबिनालाई कुटपिट गरे । सबिना त्यहाँबाट भागेर माइता पुगिन् । श्रीमान् जियाबुल सविनालाई सम्झाउन ब्ुझाउन ससुराली नपुगी केही दिनमै बैदेशिक रोजगारीमा साउदी पुगे । बैदेशिक रोजगारीमा साउदी पुगेको ६ महिनामै जियाबुल जेल परे । जेलबाटै जियाबुल श्रीमती सविनालाई फोन गरेर माफी माफी मागे जे गल्ती भयो भयो अब नहुने वचन दिए ।

सविलाई पनि श्रीमान् सुध्रियो जस्तो लाग्यो । जियाबुल साउदीको जेलबाट घर आएपछि सविना पनि माइताबाट ससुराली पुगिन् । एक वर्षसम्म राम्रो सम्बन्ध रह्यो । सविनाको नागरिकता र छोराको जन्मदर्ता पनि बनादिए । जियाबुल पुनः बैदेशिक रोजगारीमा जाने योजना बनाए । त्यसका लागि श्रीमती सविनालाई रुपैयाँ खोजदिन भने सविना पनि माइता बुबाआमासँग कुरा गरेर पैसाको जोहो गरदिए ।

सविनाले रुपैया माइताबाट ल्याएदिएपछि जियाबुल पुनः वैदेशिक रोजगारमा हिडे । स िव न ा ससुरालीमा सासूसँगै बस्न थालिन् । बेलाबेलामा श्रीमान्सँग सविनाको कुरा भैइरहन्थ्यो । यसरी नै अढाई वर्ष वित्यो । जियाबुल नेपाल फर्के पनि श्रीमती सविनालाई आफू विदेशमै रहेको भनिरहे । एक दिन छिमेकै एकजनाले तिम्रो श्रीमान्लाई एउटी महिलासँग काठमाण्डौमा हेरेको भने । त्यसपछि सविना सासूको मोवाइल खोलेर हेर्दा त्यसमा एक महिलासँग श्रीमान्को फोटो हेरे ।

उनले त्यो सासूलाई भने तर छरछिमेकले यो कम्पूटरको जमाना हो कसैले जोड दिए होला भन्दै उनलाई सम्झाए । केहि महिनापछि श्रीमान् एक महिलालाई लिएर घर आए । ती महिलाको काँखमा एक महिनाको बच्चा पनि थिए । घर आएपछि सबैले थाहा पाए सविनाको श्रीमान् आफू भन्दा १० वर्ष जेठी अर्को विवाह गरेको छ । सविना सौतासँग नबस्ने भन्दै फेरि माइता आए ।

Comment


Related News

Latest News

Trending News