२०८२ चैत्र ३०, सोमबार ०७:०५

नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रवेश गरेका छन् ।

आजपाका अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका छन् । उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेको जनाइएको छ । कानु २०७९ सालमा रौतहटको देवाही गोनाहीको मेयर निर्वाचित भएका थिए । उनले भने, ‘एमालेको नीति, सिद्धान्त केही पनि राम्रो भएन। नेतृत्व पनि बिग्रँदै गए। आजपाको विचार ठीक लाग्यो, त्यसैले पार्टी परित्याग गरेँ ।’ उनका अनुसार उनले केही समय अघिदेखि नै एमाले पार्टी परित्यागको मनस्थिति बनाएका थिए । तर उनी उपयुक्त समयको प्रतीक्षामा रहेका कारण समय अनुकूल आजपामा प्रवेश गरेको बताए ।

पछिल्लो निर्वाचन परिणामपछि एमालेमा बसिरहन उपयुक्त नठानेकाले एमाले पार्टी परित्याग गरी आजपामा प्रवेश गरेको मेयर कानुले स्पष्ट पारे । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न पछि ०८३ सालको जेठमा स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने हल्ला चलेको छ । जसले गर्दा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु अहिलेदेखि नै पार्टी फेरबदलमा लागेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News