२०८३ बैशाख १, मंगलवार १८:१५

भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले राज्यपाललाई राजीनामा बुझाइएको बताएका छन्।

राजीनामा दिएपछि नितिश कुमारले एक्समा विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘बिहारको नयाँ सरकारलाई पूर्ण समर्थन र मार्गदर्शन गर्छु।’ उनले आफ्नो कार्यकाल पनि स्मरण गरेका छन्।

नितिश कुमारले भनेका छन्, ‘नोभेम्बर २४, २००५ मा राज्यमा पहिलोपटक एनडीए सरकार गठन भएको थियो। त्यसबेलादेखि राज्यमा कानुनी शासन छ र हामी निरन्तर विकासमा संलग्न छौँ।’

उनले आफ्नो नेतृत्वको सरकारले धर्म, जाति, समुदाय वा वर्गप्रति पूर्वाग्रह नराखी सबै नागरिकको सेवा गरेको दाबी गरेका छन्।

गत मार्चमा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।

Comment


Related News

Latest News

Trending News