२०८३ बैशाख ३, बिहीबार १७:२१

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी रहेको बताउनुभएको छ ।

बिहीबार अर्थमन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा बिषयहरुलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताउनुभयो ।

करिव दुई तिहाई नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो की भन्ने आशंका नगर्न उहाले आग्रह गर्नुभयो । मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको बिषयलाई अधिकार मात्रै नभइ क्षमतालाई पनि संगै जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चूनौति देखिएको बताउनुभयो ।

त्यस्तै उहाले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थीति नरहेपनि सवैसंग मिलेर नै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

Comment


Related News

Latest News

Trending News