अपडेट 
२०७७ बैशाख २४, बुधबार ०९:१६

file: Photo

विराटनगर ।नेपाल र भारतको सीमामा अत्यन्त कडाई गरिएको बेला एकीकृत भन्सार जाँच चौकी विराटनगरमा भारी परिमाणमा भारतीय रुपैया बरामद भएकोछ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नेपाल भित्रिन लागेको खाली ट्रकको चेकजाँच गर्ने क्रममा १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैया फेला परेको बताए ।

जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको भारतीय रुपैया सहित दुईजनालाई पक्राउ गरिएको उनले बताए । भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नम्बरको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले रुपैया बरामद गरेको हो ।

प्रहरीले ट्रकका चालक रवीकुुमार शर्मा र सहचालक पप्पुुकुुमारलाई नियन्त्रणमा लिएको र उनीहरु दुवै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएकोछ । ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुुण्डी कारोवारीको हुुन सक्ने प्रहरीको अनुुमान छ ।

बरामद रकम राजश्व कार्यालय इटहरीमा बुुझाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले बताए ।

Comment


Related News

Latest News

Trending News