२०८३ बैशाख ६, आईतवार ०७:३१

महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८५० नम्बरको टेम्पुमाथि रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

शनिवार सांझ आएको हावाहुरीको क्रममा टेम्पुमाथि रुख ढलेर दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा जनकपुरधाम २० का ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका ३ का ३३ वर्षीय राहुल मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

जिप्रका महोत्तरीका अनुसार घाइतेहरुमा टेम्पु चालक जिल्ला महोत्तरी जलेश्वर नगरपालिका ११ का ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा ३ का ४३ वर्षीय फेकनी देवी मलिक, जनकपुरधाम १२ का १७ वर्षीय धिरज मलिक र जनकपुरधाम २० का १४ वर्षीया रिया पण्डित रहेकी छिन् । घाइतेहरु मध्ये टेम्पु चालक हरेन्द्र, फेकनी देवी र रियाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने धिरजको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ ।

घाइते रिया मृतक शकुन्ता देवी की छोरी हुन । जलेश्वर नगरपालिका ९ प्रकौलीस्थित नेपाली सेनाको ब्यारेक नजिकै घटना भएको हो । सडक किनारमा रहेको रुख एक्कासी ढल्दा गुडिरहेको टेम्पुमाथि खसेको स्थानीयले बताएका छन् । दुर्घटनापछि टेम्पु पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सडक छेउका जोखिमपूर्ण रुखहरूको समयमै व्यवस्थापन नगर्दा यस्ता घटना दोहोरिने गरेको स्थानीयको गुनासो छ ।

चट्याङ्ग लागेर एकको मृत्यु यसैबीच शनिवार सांझ नै हावाहुरी सहित परेको चट् यांगमा परी बाराको कोल्हबी नगरपालिका ५ सोनाभारमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय लुटावन चौधरी रहेका छन् ।

हावाहुरीसहित आएको वर्षाका बेला छठिघाट नजिकैको खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए । घटनापछि सँगै रहेका व्यक्तिहरूले उनलाई तत्काल घरतर्फ ल्याए पनि घर पु¥याउँदासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मृतक चौधरीका श्रीमती र दुई छोरा रहेका छन् । जिप्रका बाराले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Comment


Related News