२०८३ बैशाख ६, आईतवार ०७:४२

धनुषा जिल्ला क्षेत्रमा पर्ने हाइवे र आसपासका होटल तथा खाद्य पसलहरूमा अवेर राति खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले अनुगमन गरेको छ ।

गुणस्तर सम्बन्धी गुनासो बढेपछि खाद्य निरीक्षण अधिकारी प्रविण कुमार तिवारीको नेतृत्वमा शुक्रबार राति जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सञ्चारकर्मीसमेत सहभागी टोलीले संयुक्त अनुगमन गरेका छन् । हाइवेमा पर्ने होटल सिद्धार्थ एण्ड थकाली, कोशी हाइवे होटल, होटल ग्रीन हाइवे, दिदी भेना होटल एण्ड गेस्ट हाउस, होटल बौवा लगायतका दर्जनौँ होटलमा निरीक्षण गरिएको तिवारीले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा होटल सिद्धार्थबाट म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि नष्ट गरिएको थियो ।े लेबल नभएका तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न निर्देशन दिइएको उनले जनाए । त्यसैगरी कोशी हाइवे होटलमा पनि लेबलविहीन र म्याद सकिएका खाद्य पदार्थ भेटिएपछि तत्काल बिक्री रोक्न र सरसफाइमा सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।

होटल ग्रीन हाइवे र दिदी भेना होटल एण्ड गेस्ट हाउसमा समेत म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री भइरहेको पाइएकोमा सचेत गराइएको उनले बताए । उनका अनुसार कार्यालयले हरेक महिना नियमित रूपमा यस्ता अनुगमन गर्दै आएको छ र अब यसलाई अझ कडाइका साथ निरन्तरता दिइनेछ ।

केही होटलहरूले चर्को मूल्य असुल्ने, म्याद गुज्रिएका खाद्य वस्तु प्रयोग गर्ने, भान्साघर अस्वच्छ राख्ने तथा बासी खाना बिक्री गर्ने गरेको गुनासो व्यापक रुपमा आउन थालेपछि अनुगमन गरिएको तिवारीले बताए । सो क्रममा म्याद गरिएको सामाग्री केही नष्ट गरिएको र केही जफ्त गरिएको हो ।

सो अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय प्रमुख अरविन्द लाल कर्ण, इलाका प्रहरी कार्यालय ढल्केवरका उज्ज्वल अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रविधि सहायक सहेन्सा कुमार महेता सहभागिता रहेको थियो ।

Comment


Related News