२०८३ बैशाख ६, आईतवार १३:१९
भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आएका उनले यस्तो बताएका हुन् । नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताए ।
प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गरे । प्रधानमन्त्री साहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उनले बताए ।
उनले भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताए । साहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताए ।
उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताए । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उनले चिन्ता व्यक्त गरे ।



