अपडेट 
२०७७ बैशाख २४, बुधबार ११:००

बृजमान तामाब
बीरेन्द्र बजार(सप्तरी)।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ रामटोलमा सोमबार जंगली हात्तीको एक समुहले चार घरमा तोडफोड गरेको छ ।

तिनवटाको समुहमा मध्यरातमा आएको जंगली हात्ती गाउँ प्रवेश घर गरि श्याम कुमार राम, बिरेन्द्र राम, नारायण राम र लक्षमि देवी रामको घर तोडफोड गरि लाखौंको क्षति गरेको हो ।

पुर्वपश्चिम राजमार्ग देखि दक्षिण क्षेत्रमा अबस्थित रामटोलमा मध्यरातमा पुगेको हात्तीको समुहले धान, गहु, चामल, दाल लगायतका खाद्यान्न र घर सहित गरि ५ लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए । लकडाउनले समस्या भएको समयमा हात्ती आतंककले थप जिवनयापन कष्टकर भएको पीडितहरुले बताएका छ्न ।

लुकिछिपी बनिबुतो गरेर जम्मा गरेको खानेकुरा समेत हात्तीले सबै सखाप पारिदियो, पीडित बिरेन्द्र रामले भने, खानको त समस्य छदैथियो अब आवासको पनि चिन्ता थपियो । कमाउन जाउँ भने कता जानू काम पाईदैन , भएको धान, चामाल, गहु पनि एकैरातमा सकिदियो चुलो बाल्न पनि समस्य भयो आर्का पीडित श्याम कुमार रामले दुखेसो सुनाए । अग्निसाईर कृष्णासवरन बासीको लागि यो कुनै नौलो घटना भने हैन । बर्षेनी हात्तीले ठूलो जनधनको क्षति गरेका छ्न भने धेरै सर्वसाधारणहरु घाईते तथा अङ्गभङ्ग भएका छ्न ।

किसानले लगाएको बालीनाली खेतैमा हात्ती, बाँदर लगायतका जंगली जनावरले नष्ट गरिदिन्छ । कुनै बेला हात्तीको सिकार हुने भयत्रासले यस क्षेत्रका बासिन्दा रातभर जागाराम बस्न बाध्य छ्न । यसैगरी सोमबार राती सोही हात्तीको समुहले गाउँपालिकाको चाँदनी चौकमा दस कठ्ठामा लगाएको मकै बाली नष्ट गरेको छ । सडकको दक्षिणी क्षेत्रमा लगाएको सुत्ला चेप्दै गरेको मकै हात्तीले खानुको साथै कुल्चेर नष्ट गरेको कृषक ईश्वरलाल चौधरीले बताए ।

हात्ती धपाउन गाउँमा ठूलो संख्यामा बिडभाड हुने गरेको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु हात्ती आतंकको जोखिमबाट सुरक्षित रहन साँझ पर्न साथ सयौंको संङ्ख्यामा भेला भई तयारी अबस्थामा रहने गरेका छ्न । एक गाउँमा हात्ती आउनसाथ अर्को ठाउँबाट टेक्टर, मोटरसाइकल लगायतका सवारीसाधन प्रयोग गरि मानिसहरुको ठूलो भिड जम्मा गरि हात्ती धपाउन उनिहरुको दैनिकी बनिरहेको छ ।

हात्तीद्वारा बर्सेनि कठिनाई हुदा समेत नियन्त्रण तर्फ कुनै पनि निकायले चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छ्न । पटकपटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउदा समेत सुनुवाइ नभएको पीडितहरुको दुखेसो रहेको छ । स्थानीयका अनुसार हात्ती नजिकैको रुपनी गाउँपालिकाको जंगल तर्फ लागेको छ । साँझ पर्न साथ फेरि गाउँमा प्रदेश गरि दुस्ख दिने उनिहरुले बताएका छ्न ।

Comment


Related News

Latest News

Trending News