अपडेट 
२०७७ बैशाख २४, बुधबार १२:०५

झरना शर्मा
२०७६ पुसदेखि प्रकोपको रुपमा देखापरेको कोभिड(१९ अर्थात् नोबेल कोरोना भाइरसका कारण विश्व नै आक्रान्त छ। यो भाइरसका कारण आम मानिसको दैनिक जीवनयापन कष्टकर बन्न पुगेको छ।

यो जटिल परिस्थितिमा दीर्घरोगी लगायत अन्य असाधारण बिरामीले पाउने नियमित सेवाप्रवाहमा पनि असर परेको छ। कोरोनाको महामारीका बीचमा नेपालका एचआइभी संक्रमितले कस्तो सेवा पाइरहेका छन् त? भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुन जान्छ।

हाल नेपालमा एचआइभी संक्रमित संख्या ३० हजारको हाराहारीमा रहेको आनुमान गरिएको छ। यी मध्ये २० हजार संक्रमित दैनिक रुपमा देशका विभिन्न अस्पतालमा एआरटी (एन्टी रेटेभाइरल थेरापी) लिइरहेका छन्। तर पनि लकडाउनकाको अहिलेको परिस्थितिमा दैनिक रुपमा बिरामीले एआरटी सेवा लिन कष्टकर भइराखेको छ।लकडाउनको समय लम्बिँदै जाँदा बिरामीहरू एआरटी सेन्टर गई सेवा लिन समस्या भइराखेको छ। बिरामीहरू घरघरमा फसिरहेका छन्। नियमित एआरटी सेन्टरमा सेवा लिन विभिन्न कारणले वन्चित भइराखेका छन्।

लकडाउनका बेला यातायातको असुविधाले गर्दा नियमित एआरटी भिजिट गर्न समस्या भइरहेको अवस्था छ।एचआइभी संक्रमित व्यक्तिले नियमित सेवन गर्ने औषधि बीचमा अनियमित भयो भने अरु अवसरवादी रोग लाग्ने आवस्था सिर्जना हुनसक्छ। यो अवस्था आउन नदिनका लागि नियमित एआरटी सेवा पु¥याउन जरुरी छ।

त्यसैले यस अवस्थालाई मध्यनजर गरी देशका विभिन्न ठाउमा रहेको एआरटी सेन्टरले यथासक्य सेवा दिने पर्यत्न गर्दै आएका छन्। एआरटी सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु यो जटिल परिस्थितिलाई चिर्नका लागि यथासक्य सहयोग गरिराखेका छन्।

औषधि वितरण तथा परामर्श सेवा सबै अस्पतालका एआरटी सेन्टरबाट सुचारु रुपमै दिइराखेका छन्। त्यसमा पनि नियमित एआरटी सेन्टरमा आउन नसक्ने बिरामीहरुको लागि विभिन्न संघसंस्थाबाट घरघरमा औषधि पुर्याइदिने काम भइराखेको छ।

पहिलापहिला जसरी एआरटी सेन्टरले सेवासुविधा दिइराखेको थियो, त्यसरी नै अहिले पनि लकडाउनको बाबजुद पनि सेवाग्राहीको लागि सुरक्षित र सहज तरिकाले फोन सम्पर्कद्वारा घरघरमा गएर औषधि वितरण गरी केही सहज बनाइदिएको छ। साथै बिरामीको मनोबल उच्च राख्नको लागि र नियमित खाने औषधि एकदिन पनि नछुटोस् भन्ने उद्देश्यका साथ एचआइभी संक्रमित व्यक्तिसँग नियमित फोन सम्पर्क स्थापना कायम राखी परामर्श दिइराखेको छ।

यो सेवालाई नियमित गराउन गैरसरकारी संस्था एएचएफ नेपालले ठूलो भूमिका निर्वाह गरिराखेको छ। माक्स, सेनिटाइजर वितरण लगायत अशक्त संक्रमित बिरामीको उपचारमा समेत सहयोग पुर्याइराखेको छ।यो भयावह अवस्थामा दूरदराजमा बसेका एचआइभी संक्रमित व्यक्तिहरुको विभिन्न असुविधालाई मध्यनजर गरी यस एआरटी सेन्टरले सेवा दिइराखेको छ।

एआरटी सेवा आपतकालीन सेवा नभए तापनि बिरामी औषधि सेवनबाट वन्चित नहुन् भन्ने उद्देश्यले एआरटी सेन्टरले सक्दो प्रयास गरिरहेको छ।
(शर्मा एआरटी काउन्सेलर हुन)

Comment


Related News

Latest News

Trending News