२०८३ बैशाख ८, मंगलवार १७:२८
सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
त्यस्तै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दहाललाई सदस्य तोकिएको छ ।



