२०८३ बैशाख ९, बुधबार १४:५५
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
शेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारीका बारेमा गुरुङको आलोचना भइरहेको छ । शुरुआती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको हो ।



