विशेष अदालतले गलत लिखत तयार गरेको मुद्दामा दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतले बुधबार महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालापोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई सजाय फैसला गरेको छ । ०८० साउनमा साविक इटरहर्वाकट्टिको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटरमा स्रेस्ता अद्यावधिक गरिएको भेटिएको थियो ।
तीन महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले यस्तो फैसला गरेका छन् । नासु साह र कम्प्युटर अपरेटर सिंहलाई जनही ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा ३ महिना कैद र ३० हजार रुपैयाँ हुने सजाय फैसला गरेको छ । त्यस्तै ठाकुरलाई पनि सोही फैसला गरेको छ ।
तीनैजना प्रतिवादीहरुबाट जनही १६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा भराउनसमेत फैसलामा उल्लेख गरेको छ ।



