२०८३ बैशाख १३, आईतवार ११:१६
काठमाडाैँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ।
आइतबार बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट १३ नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मनोहरा क्षेत्रको बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि आज बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो।
मनाेहरा बस्तीमा सात सय ७७ घरटहरा छन्।


