२०८३ बैशाख १४, सोमबार ०६:४१

चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा महँगी उच्च दरमा बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मूल्य विश्लेषण प्रतिवेदनले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगी दर बढ्दै गएको तर्फ ध्यानाकर्षण गराएको छ ।

प्रतिवेदनले जनाए अनुसार इन्धनको मूल्यमा लगातार भएको वृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी तथा आयात खर्च बढ्दा त्यसको असर सिधैँ उपभोक्ताको भान्सासम्म पुगेको छ । तरकारी बजारमा अत्यधिक मूल्यवृद्धि देखिएको छ । स्थानीय बजारमा केही तरकारीको मूल्य करिब दुई सय प्रतिशतभन्दा बढीले वृद्धि भएको पाइएको छ ।

मौसमी प्रभावसंगै ढुवानी खर्च बढ्नाले पनि तरकारीको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ । यद्यपि केही वस्तुहरू जस्तै च्याउ, काउली, परवल, करैलालगायतका तरकारी भने तुलनात्मक रूपमा वृद्धि भएको छ । त्यस्तै खाद्यान्नको मूल्य पनि चैतमा उकालो लागेको छ । विशेषगरी जनकपुरधाममा चामल, दाल, चिनी र तेलको मूल्य अन्य सहरको तुलनामा बढी देखिएको छ ।

मूल्यवृद्धिका मुख्य कारणका रूपमा माग र आपूर्तिबीचको असन्तुलन, इन्धनको मूल्यवृद्धि तथा विचौलियाको प्रभावलाई औँल्याइने गरिन्छ । बजार नियन्त्रण र उपभोक्ता संरक्षणका लागि विभागले आगामी दिनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) कडाइका साथ लागु गर्ने, बजार अनुगमन सुदृढ गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले योजनावद्ध रुपमा मूल्यमा एकरुपता कायम गर्न नसक्दा मूल्यवृद्धि हुने गरेको स्थानीय उपभोक्ताहरु बताउँछन् ।

Comment


Related News