अपडेट 
२०७७ बैशाख २५, बिहीबार ११:१९

सप्तरी । मलेठ घट्नाका तीन जना शहीद परिवारलाई बुधबार राहत बितरण गरिएको छ । जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले उनीहरुलाई राहत बितरण गरेका हुन् ।

लक डाउनको समयमा सजिलो होस् भन्ने उद्देश्यले तीन जना परिवारलाई राहत बितरण गरिएको नेता मण्डलले जानकारी दिए । उनका अनुसार शहीद पिताम्बर मण्डलकी पत्नि, सन्जन मेहताकी आमा तथा बिरेन्द्र मेहताकी आमालाई राहत स्वरुप २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, एक किलो स्वाबीन, दुई किलो नुन, साबुन र मास्क बितरण गरिएको छ ।

उनीहरुलाई राजविराज वडा नम्बर ९ मलेठका अध्यक्ष शम्ुभप्रसाद यादवले तरकारी खरीद गर्न भन्दै रु. ५ सय नगद समेत उपलब्ध गराएका छन् ।

राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजको समन्वयमा नेता मण्डलले यसअघि पनि राजविराज नगरपालिका तथा राजगढ गाउँपालिकाका डोम, मुसहर, मेहतर समुदायका ५५ परिवारलाई राहत बितरण गरेका छन् ।

उनका अनुसार आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत तथा ५ हजार ४ सय परिवारलाई साबुन तथा १० हजार थान माक्स बितरण गरिसकिएको छ ।

Comment


Related News

Latest News

Trending News