२०८३ बैशाख १६, बुधबार १६:३४

बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्‍याएको छ।

विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पार्टीकै सहमतिअनुसार सरकारले ती अध्यादेश अगाडि बढाइएको जनाइएको छ ।

उता राष्ट्रपति कार्यालयले पनि थप तीनवटा अध्यादेश आएको पुष्टि गरेको छ। यसअघि दुईवटा अध्यादेश सरकारले शीतल निवास पठाइसकेको छ। यसअघि यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

Comment


Related News

Latest News

Trending News