२०८३ बैशाख १८, शुक्रबार ०७:२३

सरकारले सीमामा एक सय रुपैयाभन्दा बढीको सामानमा लगाएको भन्सार कर बारे नेपाली काँग्रेसका सभापति गगन थापाले मुख खोलेका छन् । पार्टीको ‘जरा अभियान’ का लागि सर्लाही धनकौल पुगेको सभापति थापाले भने ‘सीमामा एकसय रुपैयाभन्दा बढीको सामान भारतबाट ल्याउनेमा भन्सार कर लगाएर वर्तमान सरकारले मधेसका जनताको सुविधा र अधिकार खोस्ने प्रयास गरेको छ ।’

फागुन २१ को निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा बुधवार पार्टीका सक्रिय सदस्ता सम्बन्धी जरा अभियानका लागि पुगेका हुन् । सभापति थापाले आयोजित काँग्रेसको कार्यक्रममा बोल्दै मधेसका जनताको सुविधा नखोस्न आग्रह गर्दै तत्काल सरकार नसच्चिए गम्भीर परिणाम हुने चेतावनी समेत दिए ।

सभापति थापाले भने, ‘प्रधानमन्त्रीजी जनकपुरधाममा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाडौँ जानु पर्दैन भनेको थियो । म उहाँलाई काठमाडौँ जानु नपर्ने धेरै परको कुरा हो । तर वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ । कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस् ।’ भारतीय सीमावर्ती बजारबाट एकसय रुपैयाभन्दा बढीको सामान ल्याउनुपर्नेमा लगाएको भन्सार करले सदियौंदेखि यहाँका मधेशी जनताको भारतसँग रहेको बेटीर ोटीको सम्बन्धमा गम्भीर असर पर्नेछ ।

सीमावर्ती नागरिकलाई यहाँबाट भारत र भारतबाट यहाँ आउन कहिले पनि राजनीतिक, व्यापारिक र सामाजिक रुपमा बन्देज लगाइएको छैन । यसअघि उनले सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुवनी नाकाको निरीक्षण समेत गरेका थिए । सभापति थापा काठमाडौँ फर्किएपछि बिहीबार मधुवनी नाकाको फोटो शेयर गर्दै अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले सीमामा पहिलेजस्तो सहजता थियो, त्यसलाई सुनिश्चित गर्न माग सरकारसँग गरेको छ ।

थापाले फेसबुकमा लेखेको छ, ‘सीमा क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्, ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित संगम हुन् । जब नीतिले यो सवंदेशनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकलाई नै सजाय दिन्छ ।’ कांग्रेस सभापति थापाले १०० रुपियाँभन्दा बढीका समानमा भन्सार लगाउने कानुन नै अव्यवहारिक रहेको उल्लेख गर्दै नीति सीमाका नागरिकका लागि हेपाहा र दुःख दिने नीति भएकाले यो तत्काल सच्योस भनेका छ्न ।

वर्तमान सरकारले सीमाको विषयमा अपनाएको नीतिले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा रहेको कांग्रेस सभापति थापाले भनेका छन् । उनले सीमाको सम्बन्धमा पछिल्लो निर्णयले मधेशका हरेक भान्सामा अवरोध खडा गरेको र यसको मार महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्गमाथि पर्न गएकाले निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थको महँगी बढाएर जनताको भान्सामा बिजोक भएको उनले बताए ।

सभापति थापाले थप्दै भने, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो । काँग्रेस सरकार हुँदा पनि । तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो। म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ ।’ उनले थप्दै भने यहाँबाट म सांसदमा हारेको छु । तर तपाईहरुको जीतका लागि सधैं साथ रहनेछु ।

सभापति थापाले सरकारविरुद्ध मधेशी जनताले चाल्ने हरेक कदमा साथ दिने संकेत गरे । उनले चुनावी प्रतिबद्धता अनुसार सर्लाही ४ को शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायत क्षेत्रमा सुधारका लागि आफ्नो टिमले काम गरिरहेको बताए । मधेशका धेरै नागरिकको भारतको सीमावर्ती क्षेत्रमा र भारतीय नागरिकको यहाँ मधेशमा विहेवारीदेखि पारिवारिक सम्बन्ध रहेको छ । आफ्नो नातेदारसँग भेट्न आउंदा वा त्यहाँबाट कुनै उपहार लिएर आउंदा त्यसमा भन्सार कर लगाउनु कतिको उचित हो भन्ने आलोचना हुँदै आएको छ ।

यो भन्दा गम्भीर समस्या देशकै सीमा रक्षकको रुपमा रहेका यहाँका गरीब र सामान्य वर्गका मधेशी जनता सस्तोमा दैनिक उपभोग्य सामान सस्तोमा पाइन्छ भनेर किनेर भारतीय सीमावर्ती बजारबाट ल्याई आफ्नो जिविकोपार्जन गरिरहेको अवस्थामा त्यसमा बन्देज लगाउनु उचित होइन यसले आउने दिन गम्भीर परिणाम ल्याउने राजनीतिक विश्लेषकहरुको भनाई छ । यदि सरकार सक्छ भने यहाँका नागरिकलाई भारतमा सामान किन्न जानु नपर्ने वातावरण निर्माण गर्न भारतमा पाइने दररेट सामान यहाँ पनि पाउनुपर्ने व्यवस्था मिलाओस, यसरी नागरिकलाई दुख दिने कार्य तत्काल बन्द गर्न उनीहरुको आग्रह छ ।

Comment


Related News

Latest News

Trending News