अपडेट 
२०७७ बैशाख २५, बिहीबार १४:३२

बुटबल । प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले गौतम बुद्धका उपदेशले सत्चरित्रका साथ जीवन सार्थक बनाउन समस्त मानव समुदायलाई आज पनि उत्तिकै मार्गदर्शन गरिरहेको बताउनुभएको छ ।

प्रदेश प्रमुख यादवले २५६४ औंँ बुद्धजयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा बुद्धले देखाउनुभएका सत्मार्गको अवलम्बनबाट नै हामी अहिलेको यो जटिल अवस्थाबाट छिट्टै मुक्त हुन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले वर्तमान कोरोना महामारीबाट शीघ्र मुक्तिका लागि हाम्रा साझा प्रयासलाई अझै एकताबद्ध र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News