२०८३ बैशाख २१, सोमबार ११:५७
आज सुनको भाउ तोलामा सामान्य घटेको छ ।
सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन तोलामा ३ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ ।
चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।


