अपडेट 
२०७७ बैशाख २५, बिहीबार १६:४२

राजेन्द्र यादव
जनकपुरधाम ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमण जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको लकडाउनको कारण बन्द नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रको विद्युत महशुल संकलन काउण्टर खुल्ने भएको छ ।

यही बैशाख २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म महशुल काउण्टर खुल्ला रहने जनकपुर वितरण केन्द्रका लेखा प्रमुख राजेश झाले बताए ।

गएको चैत ११ गतेदेखि जारी लकडाउनका कारण ग्राहकले समयमा महशुल भुक्तानी गर्न सकेका छैनन् । सरकारले घर बाहिर नजानको लागि भनेपछि महशुल बुझाउनको लागि ग्राहक वितरण केन्द्रसम्म पुग्न सकेको थिएन् ।

मिटरको अंक टिपेर सरकारले जारी गरेको कोरोना भाइरससम्बन्धि सचेतनाको पालना गरी कार्यालयमा आउन अनुरोध गरेको छ । आउँदो जेठ १ गतेदेखि मिटर रिडिङ कार्य नियमित रुपमा संचालन हुने लेखा प्रमुख झाले बताए ।

रिडिङमा खटिने कर्मचारीहरुलाई समाजिक दूरी कायम गरेर सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।

Comment


Related News

Latest News

Trending News