२०८३ बैशाख २२, मंगलवार ०७:१४

मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले मधेश प्रदेश सरकारभित्र कुनै प्रकारको गठनबन्धन दलहरुमा असन्तुष्टि नरहेको दाबी गरे । पछिल्लो समय सत्तारुढ दलहरूबीच असन्तुष्टि बढेको र प्रदेश सरकार फेरबदल हुनसक्ने चर्चा चलिरहेका बेला मुख्यमन्त्री यादवले उनले प्रदेश सरकार अहिले फेरबदल नहुने दाबी गरे ।

मुख्यमन्त्री यादवले प्रदेश सरकारले आफ्नो नियमित गतिमा चलायमान रुपमा अघि बढिरहेको र सत्तारुढ दलहरूको पूर्ण सहयोग प्राप्त भइरहेको बताए । मुख्यमन्त्री यादवले भने, ‘सरकार सञ्चालनमा कुनै अवरोध छैन, सबै दलहरूको साथ र समर्थन रहेको छ ।’ नेपाली कांग्रेसभित्रै नेतृत्व परिवर्तनको विषय उठिरहेको भन्ने चर्चाबारे आफूलाई कुनै जानकारी नभएको पनि जिकिर गरे ।

कांग्रेस सभापति गगन कुमार थापाबाट सरकार सञ्चालनको बारेमा आफूलाई कुनै दबाब र निर्देशन नआएको मुख्यमन्त्री यादवले स्पष्ट पारे । उनले अहिले प्रदेश सरकार बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित रहेको बताए । मुख्यमन्त्री यादवले यही व्यस्तताका बीच सरकार परिवर्तनको हल्ला फैलाउनु मधेश प्रदेशकै लागि दुर्भाग्यपूर्ण विषय रहेको बताए ।

आफूले मधेश प्रदेश सरकारको नेतृत्व पूरा कार्यकाल सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै सत्तारुढ दलहरूको निरन्तर सहयोग रहने दाबी गरे । तर ०८२ मा प्रतिनिधिसभा निर्वाचनको क्रममा आफ्नै पार्टीका सभापति थापालाई हराउन विभिन्न खाले षड्यन्त्र गरेको भन्दै मुख्यमन्त्री यादवमाथि आरोपहरु लाग्दै गर्दा कांग्रेसभित्र पनि मधेश प्रदेश सरकार परिवर्तन हुनु पर्ने भन्दै आवाज उठ्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News