२०८३ बैशाख २२, मंगलवार ११:२२
जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा चन्दन कुमार सिंहलाई जिम्मेवारी तोकिएको छ।
पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको पत्रमा सोमबार -(हिजो)देखि लागू हुने गरी सिंहलाई मधेश प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
उक्त निर्णयसँगै अब मधेश प्रदेशमा जनमत पार्टीको संसदीय गतिविधिको नेतृत्व सिंहले गर्नेछन्।यसअघि संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादव रहेको थियो।




