अपडेट 
२०७७ बैशाख २५, बिहीबार १७:३३

काठमाण्डु । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोना भाइरस ९कोभिड(१९० महामारीले भवायह रुप लिन सक्ने चेतावनी दिएका छन् ।

सरकारले नियन्त्रणका लागि चालेका कदमका कारण अहिलेसम्म भवायव स्थिति नआएको भन्दै ओलीले अब भने महामारीले भयावह रुप लिन सक्ने देखिएको बताए ।

२५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै ओलीले सबैको सतर्कता, तयारी र रोकथाममा समझदारीपूर्ण ऐक्यबद्धता नभए महामारीले भयावह रुप लिन सक्ने लक्षण देखिएकाले सजग हुन उनले अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसले विश्व दुनियाँलाई नै भयावह त्रासदीको स्थितिमा पुर्याएको उल्लेख गरे ।ओलीले केही दिनअघि भएको रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली समेत सुमन अर्पण गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी तथा सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न समेत प्रधानमन्त्री ओलीले अपिल गरे ।

Comment


Related News

Latest News

Trending News