२०८३ बैशाख २४, बिहीबार ०७:२५

चितुवाको आक्रमणबाट धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरमा एक जना घाइते भएका छन् ।

बुधबार बिहान स्थानीय ४८ वर्षीय किर्तिमान विक चितुवाको आक्रमणमा परेर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घाइते विकको उपचार ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा भइरहेको छ । उनको अवस्था सामान्य रहेको र शरीरको ढाड लगायतका भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार नीलगाई नियन्त्रणका लागि लगाइएको तारजालीमा चितुवा फसेको थियो । सोही जानकारी पाएपछि घटनास्थल पुगेका विकमाथि चितुवाले आक्रमण गरेको हो । यो समाचार लेख्दासम्म चितुवा तारजालीमै फंसेको अवस्थामा रहेको बुझिएको छ ।

चितुवाको सुरक्षित उद्धारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीलाई खबर गरिसकिएको वडा अध्यक्ष स्याङ्दनले जानकारी दिए ।

Comment


Related News