जिल्ला प्रहरी कार्यालय धनुषा करिब अढाइ सातादेखि प्रमुखविहीन बनेको छ । धनुषा जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोक्ने निकाय रहेको जिल्ला प्रहरी कार्यालय अहिले करिब १८ दिनदेखि प्रमुखविहीन हुँदा बाहिरी तथा आन्तरिक कामकारबाही प्रभावित हुँदै आएको छ ।
केन्द्रीय सरकार फेरबदल भएसंगै विभिन्न जिल्लाका कमान सम्हाल्दै आएका प्रहरी उपरीक्षकएसपी) समेत रहेका प्रमुखहरुको सरुवा भएको थियो । तर सो अनुसार धनुषा जिल्लामा भने जिल्ला प्रहरी कार्यालयका प्रमुखको सरुवा भएन । प्रहरी अधिकारीहरुको सरुवा बढुवा भएको केही महिना नबित्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआइजीसमेत विवादमा तानिए ।
उच्च प्रहरी अधिकार ीसमेत बिचौलियाहरुसंगको मिलेमतोमा मोटो कमिसन खाने गरेको मोबाइल संवादसहितको क्लीप बाहिरिएपछि प्रहरीहरुबीच नै हड्कम्प मचेको थियो । जस अनुसार सो घटनामा संलग्न रहेको आरोपमा सादा पोशाकमा लामो समयदेखि कार्यरत प्रहरी अधिकारीसमेत निलम्बनमा परेका छन् भने सो घटनामा प्रदेश प्रहरीका डीआइजी गोविन्द थपलियासमेत मुछिएका थिए । अहिले उनी पनि केही दिनदेखि प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका छैनन् ।


