२०८३ बैशाख २६, शनिबार १२:१५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ ।

यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनुभएको छ । युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

ट्रम्पले ट्रुथ सोसलमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । आफ्नो अनुरोध स्वीकार गरेकामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ ।

यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News